कमिसन लिएर योजना बेचेको आरोपमा ववरमहलबाट पक्राउ परे सांसद सिंह

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। सिंह जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद हुन । महोत्तरी क्षेत्र नम्बर–४ को ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्  । सिंहले आफ्नो भागमा परेका प्रदेशसभाका योजनाहरू बिक्री गरेको गोप्य सूचना पाएपछि अख्तियारको टोलीले उनको घरमा छापा मारेको थियो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले काठमाडौंको विजुलीबजारबाट पक्राउ गरेको हो । निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

बिज्ञापन

सिंहले उपभोक्ता समितिमार्फत काम दिएर २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेका थिए ।

 

बिज्ञापन

मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका उनका उनको घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न कागजात बरामद गरेका थिए । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष