सहकारी प्राधिकरणको अध्यक्ष हुन पूर्वसचिवसहित यी हुन आकाक्षी

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सञ्चालकका लागि ११ जनाले आवेदन दिएका छन् । गत माघमा गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् ।यस्तै सदस्यका लागि ५ जनाले आवेदन हालेका छन् । प्राधिकरणको अध्यक्ष हुन सरकारका पूर्वसचिवदेखि विघटित राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशकसम्म प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बिज्ञापन

प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि सिफारिस गर्न लोकसेवा आयोगका पूर्वअध्यक्ष माधव रेग्मीको संयोजकत्वमा सिफारिस समिति बनेको छ । जहाँ अध्यक्षका लागि पूर्व सचिव अर्जुन प्रसाद पोखरेलले आवेदन दिएका छन ।यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव हुँदा सहकारी ऐन संशोधनमा भूमिका निर्वाह गरेका पोखरेल प्राधिकरणको अध्यक्षका लागि इच्छुक देखिएका हुन । बूढानिलकण्ठ नजिक भनेर चिनिने पोखरेल तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले बजेट ल्याउनुभन्दा २५ दिनअघि तोयम रायलाई हटाएर अर्थ सचिव बनेका थिए ।

बिज्ञापन

यस्तै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय, तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव डा खगेन्द्र शर्मा, राष्ट्र बैंकका निर्देशक डा हरि कुमार नेपाल, बचत तथा ऋण केन्द्रीय सहकारी संघका निवर्तमान अध्यक्ष परितोष पौड्याल, बोर्डकै पूर्वकर्मचारी अनिल पौडेलले आवदेन दिएका छन् ।

विज्ञ सदस्यमा भने शहदेव बस्नेत, रमेशप्रसाद चौलागाईं, नारायण प्रसाद पौडेल उपाध्याय, डा खगराज शर्मा र डा रुपमा जोशीको आवेदन परेको छ ।

बिज्ञापन

सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये एकलाई मन्त्रिपरिषदले अध्यक्ष नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष