सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे एक जना सहसचिवविरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियाले सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्लेलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव नारायणप्रसाद भण्डारीलाई समेत मुद्धा दायर भएको छ ।

बिज्ञापन

मुद्धा दायर भएसँगै सहसचिव भण्डारी स्वत निलम्बनमा परेका छन् । भण्डारी ९ महिना अगाडि एकीकृत बागमती सम्भयताको प्रमुखको जिम्मेवारीमा थिए । अख्तियारले मुद्धा चलाएसँगै उनको पद तत्कालको लागि गएको छ । भण्डारी सचिव बन्ने लाइनमा रहेका सिनियर सहसचिव हुन ।

हिजोमात्र सहसचिव कलानिधि पौडेल,उपसचिव  वेद प्रसाद अर्यालविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको अख्तियारले आज अर्काे सहसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी पनि निलम्बनमा परेका छन् ।

बिज्ञापन

यस अघि हिजोमात्र अर्काे एक बरिष्ठ सहसचिवविरुद्ध मुद्धा दायर गरेको थियो । अख्तियारले पतञ्जली जग्गा घोटाला प्रकरणमा एकै पटक ९३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । जसमध्य बहालवाला रहेका एक हुन  वेद प्रसाद  अर्याल जो अहिले भूमि सुधार विभागको प्रवक्ताको जिम्मेवारीमा छन्,उनी शाखा अधिकृत हुँदा काभ्रे मालपोतमा कार्यरत थिए । यस्तै,तत्कालीन उपसचिव कलानिधि पौडेल अहिले सहसचिवको जिम्मेवारीमा छन्,जल तथा उर्जा आयोगमा । यी दुबै निलम्बनमा परेका छन् ।  तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव पौडेल र अर्याल पनि प्रतिवादी बनाइएका हुन्। काभ्रेमा रहेको जग्गा पतञ्जली आर्युवेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्री,मुख्य सचिव,सचिव,सहसचिव,उपसचिवदेखि नासु,खरिदार तहका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको हो । कलानिधि पनि सिनियर सहसचिव हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बिशेष