सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे एक जना सहसचिवविरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियाले सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्लेलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव नारायणप्रसाद भण्डारीलाई समेत मुद्धा दायर भएको छ ।

बिज्ञापन

मुद्धा दायर भएसँगै सहसचिव भण्डारी स्वत निलम्बनमा परेका छन् । भण्डारी ९ महिना अगाडि एकीकृत बागमती सम्भयताको प्रमुखको जिम्मेवारीमा थिए । अख्तियारले मुद्धा चलाएसँगै उनको पद तत्कालको लागि गएको छ । भण्डारी सचिव बन्ने लाइनमा रहेका सिनियर सहसचिव हुन ।

हिजोमात्र सहसचिव कलानिधि पौडेल,उपसचिव  वेद प्रसाद अर्यालविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको अख्तियारले आज अर्काे सहसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी पनि निलम्बनमा परेका छन् ।

बिज्ञापन

यस अघि हिजोमात्र अर्काे एक बरिष्ठ सहसचिवविरुद्ध मुद्धा दायर गरेको थियो । अख्तियारले पतञ्जली जग्गा घोटाला प्रकरणमा एकै पटक ९३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । जसमध्य बहालवाला रहेका एक हुन  वेद प्रसाद  अर्याल जो अहिले भूमि सुधार विभागको प्रवक्ताको जिम्मेवारीमा छन्,उनी शाखा अधिकृत हुँदा काभ्रे मालपोतमा कार्यरत थिए । यस्तै,तत्कालीन उपसचिव कलानिधि पौडेल अहिले सहसचिवको जिम्मेवारीमा छन्,जल तथा उर्जा आयोगमा । यी दुबै निलम्बनमा परेका छन् ।  तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव पौडेल र अर्याल पनि प्रतिवादी बनाइएका हुन्। काभ्रेमा रहेको जग्गा पतञ्जली आर्युवेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्री,मुख्य सचिव,सचिव,सहसचिव,उपसचिवदेखि नासु,खरिदार तहका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको हो । कलानिधि पनि सिनियर सहसचिव हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

बिशेष