१३ करोड राख्ने बैंक खोज्दै विभाग

वैदेशिक रोजगार विभागले १३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । विभागको धरौटी खातामा रहेको तीन अर्ब ५३ करोडमध्ये १३ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागिएको हो ।

बिज्ञापन

त्यसका लागि विभागले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ । आफूले लिन चाहेको रकमसहित ब्याजदरलगायत अन्य विवरणसहितको दरभाउपत्र फाराम बुझाउन भनिएको छ ।

बिज्ञापन

सूचनामा उल्लेख छ, ‘यस विभागको धरौटी खातामा रहेको तीन अर्ब ५३ करोडमध्ये १३ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त विभिन्न वाणिज्य बैंकहरुमा एक वर्षको मुद्दती निक्षेपमा लगानी गरिने भएकाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरलगायत अन्य विवरणसहितको दरभाउपत्र फाराम मिति २०८२–०२–२८ गते दिनको ३ बजेभित्र यस विभागको आर्थिक प्रशासन शाखामा ब्याजदर प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष