शाखा अधिकृत,लेखापालसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले विज्ञापन छपाईमा गडबडी गरेको भेटेसँगै शाखा अधिकृत,सह लेखापाल, विज्ञापन व्यवसायी र मिडिया मालिकहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो ।

बिज्ञापन

सप्तरीको ​तीलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव,लेखापालले विज्ञापन व्यवसायी,मिडिया मालिकसँगको मिलेमतोमा विभिन्न निकायबाट पत्रिकामा छापिनुपर्ने टेण्डरका विज्ञापनमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुसरीका आधारमा सप्तरीको ​तीलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव,सह लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भूषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

आर्थिक बर्ष ०७९/०८० को स्वीकृत बजेटअनुसार उक्त गाउँपालिका अन्तर्गत विभिन्न निर्माण कार्यका लागि ठेक्का नम्बर ०३,०७९/०८० देखि ०६,०७९/०८० सम्मको ४ वटा ठेक्काको बोलपत्र आव्हान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भए पनि उक्त कार्य नगरेको पाइएपछि उनीहरुविरुद्ध जनही ३ लाख १६ हजार ४१० रुपैयाँ बिगो काम गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले आपसी मिलोमतोमा गाउँपालिकालाई हानि पुर्‍याउने बदनीयतले उक्त बोलपत्र आव्हान र आशयको सूचना लुकाएको आयोगको दाबी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष