सार्वजनिक संस्थानहरु निरन्तर ओरालो लाग्दै गएको तथ्यांक पेश गरेका छन्,अर्थमन्त्री विष्णु पौडेलले । सार्वजनिक संस्थामा राज्यले गरेको लगानी ७ खर्ब ३ अर्ब रुपैयाँ नाघेको र प्रतिफल भने १३ अर्ब रुपैयाँ मात्रै पाएको अर्थमन्त्री पौडेलले पेश गरेका छन् ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका हुन ।
बिज्ञापन
यी मध्ये २८ वटा नाफामा १५ घाटामा २ वटा बन्द रहेको छ । आर्थिक वर्ष २०८०/ ८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २ दशमलव २० प्रतिशतले वृद्धि भई रु २९ खर्व १० अर्ब १७ करोड पुगेको छ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको लगानी ५ दशमलव ८६ प्रतिशतले वृद्धि भई रु ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा सेयर लगानी रु ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु ३ खर्ब ३९ अर्ब ७ करोड रहेको जनाइएको छ ।
यस्तै यी संस्थानको कुल सञ्चालन आय रु ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक ० दशमलव २२ प्रतिशतले कम रहेको जनाइएको छ ।
बिज्ञापन
यी संस्थानबाट खुद नाफा रु ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२ दशमलव ८८ प्रतिशतले कम हो।
नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।
बिज्ञापन
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ३ अर्ब 9३ करोड पुगेको छ। जसमा सेयर लगानी रु.३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु.३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय रु.६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।


























