शाखा अधिकृत,लेखापालसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले जनप्रतिनिधिका अलवा शाखा अधिकृत,इन्जिनियर,सब इञ्जिनियर,लेखापालसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । शासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेपछि अख्तियारले सिरहा नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजय प्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादव पनि मुछिएका छन् ।

बिज्ञापन

३७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएकोमा गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको साथै भवन पनि उपयोगविहीन भएको पाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष