नवनियुक्त गभर्नरलाई डेपुटी म्याडमको न स्वागत,न बधाई

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले पदबहाली गरेका छन् । हिजोको क्याविनेटले विश्वलाई गभर्नरमा नियुक्ति गरेको थियो । आजै बिहान शपथ लिएपछि उनी पदभारका लागि नेपाल राष्ट्र बैंक,वालुवाटार पुगेका थिए ।

बिज्ञापन

बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए  तर त्यहाँको दृश्य भने असामान्य देखियो । साधरणतया फष्ट म्यान (गभर्नर)लाई सकेण्ड म्यान (डेपुटी)ले स्वागत गर्ने परम्परा छ । तर अर्काे डेपुटी गभर्नर वमबहादुर मिश्रले गभर्नर पौडेलको स्वागत गरिरहँदा अर्की डेपुटी गभर्नर त्यहाँ थिइनन् ।

बिज्ञापन

तर उनको स्वागत कार्यक्रममा डेपुटी गभर्नर वमबहादुर मिश्रसहितका कर्मचारीहरु देखिँदा कायम मुकायम गभर्नर बनेकी डा निलम ढुंगाना तिम्सिना वालुवाटारमा देखिनन् ।निलम आफू जसरी पनि गभर्नर हुने र नेपाल राष्ट्र बैंकको पहिलो महिला गभर्नरको रुपमा नाम लेखाउने चाहनामा थिइन् । त्यही चाहकै कारण उनले डा गुणाकर भट्टको राजीनामा रोकिदिँदा विश्व पौडेलको पासा पल्टियो र उनी गभर्नर नियुक्त भए । विश्व पौडेलले गभर्नरमा बाजी मारेका छन् ।

आफू जसरी पनि नेपाल राष्ट्र बैंकको गभर्नर हुने प्रतिष्प्रर्धामा थिइन उनी । तर हिजो सिफारिस समितिले उनको नाम सिफारिस गरे पनि क्याविनेटले विश्वलाई गभर्नरमा नियुक्त गरेको थियो ।

बिज्ञापन

ढुंगाना पदबहालीको समयभन्दा ढिलो गरी मात्र राष्ट्र बैंक प्रवेश गरेकी थिइन । नवनियुक्त गभर्नर पौडेल आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरिसकेपछि बल्ल नीलम वालुवाटारस्थित केन्द्रीय बैंक पुगेकी थिइन । नवनियुक्त गभर्नर पौडेललाई डेपुटी गभर्नर ढुङ्गानाले न त फूलको गुच्छा दिइन्, न बधाई नै ।

यसलाई नेपाल राष्ट्र बैंकको कर्मचारीहरुले शिष्टाचारविहिनता भनेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष