अर्थ प्रशासनमा व्यापक हेरफेरको तयारी

अर्थमन्त्री वर्षमान पुनले सचिव,सहसचिवहरुको टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । अर्थमन्त्री बर्षमान पुनले विदेश भ्रमणमा नजानु भन्दाभन्दै सचिव कृष्णहरि पुष्कर अटेरी गरेर १० दिने विदेश भ्रमणमा निस्किएसँगै उनलाई हटाउने तयारी गर्दैछन् मन्त्री पुन ।

बिज्ञापन

अर्थ स्रोतका अनुसार सचिव कृष्णहरि पुष्कर जसरी सामान्य प्रशासनबाट सरुवा भएर अर्थमा भित्रिएका थिए उसैगरी बाहिरिँदै छन् ।यस अघि सामान्य प्रशासनमा हुँदा अमेरिका भ्रमणमै रहेको समयमा पुष्करलाई अर्थमा ल्याइएको थियो । अहिले अमेरिका भ्रमणमै रहेको समयमा उनको सरुवा गर्न खोजिएको बताइएको छ । यस्का अलवा अर्थमन्त्री पुनले आफ्नो प्रशासनिक टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । बजेटको मुखमा सहसचिवमात्र होइन,सचिव नै परिवर्तन हुन सक्ने अर्थमन्त्री निकट स्रोतले भनेको छ ।

बिज्ञापन

अर्थसचिव पुष्करलाई नरुचाएका मन्त्री पुनले मन्त्रालयको प्रशासनिक नेतृत्व अब राजस्व सचिव घिमिरे वा अन्यलाई भित्र्याउन सक्ने संकेत मन्त्रीले गरिसकेका छन् । पुर्नगठित प्रचण्ड नेतृत्वको सरकारको दोश्रो क्याविनेट बैठकले गृह सचिवमा एकनारायण अर्याललाई ल्याएको थियो । गृहका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । कृष्णहरिको ठाउँमा राजश्व सचिव रामप्रसाद घिमिरेलाई सार्ने तयारी भइरहेको बताइएको छ । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन सचिव हुँदा अमेरिका भ्रमणमै रहेका अवस्थामा पुष्कर सामान्यबाट अर्थमा पुगेका थिए । अहिले अमेरिका भ्रमणबाट नफर्कदै उनको पद खोसिए अनौठो नहोला भन्नेहरु पनि छन्,अर्थतिर ।

यस्का अलवा अर्थमन्त्री पुनले आफ्नो कोर टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । माघ १९ गतेमात्र आन्तरिक राजस्व विभागको जिम्मेवारी सम्हाल्न गएका भुपाल बराललाई फिर्ता ल्याउने र त्यहाँ वन विभागमा रहेका शिवलाल तिवारीलाई पठाउने गृहकार्य चल्दैछ । शिवलाल अफिसर हुँदा राजश्व,उपसचिव हुँदा लेखामा काम गरेका कर्मचारी हुन । तिवारी महानिर्देशकको जिम्मेवारी पाएनन् भनृ संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मेवारी दिने तयारी चल्दैछ । अबको दुई तीन महिनामै सचिवमा उक्लन लागेका भुपाल बराललाई फिर्ता ल्याएपछि त्यहाँ शिवलाल,ढुण्डी निरौलामध्ये एकलाई पठाउने गृहकार्य चल्दैछ । यस्तै भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेलको ठाउँमा यस अघि भन्सार विभागको नेतृत्व चलाइसकेका कमल भट्टराईलाई पठाउने गृहकार्य भइरहेको छ । यस अघि प्रकाशशरण महतको कोर टिममा रहेर काम गरेका उत्तरकुमार खत्री,महेश आचार्यहरु पनि रेड जोनमा छन् । बजेट महाशाखा हेर्दै आएका उत्तरकुमार खत्री ज्ञानेन्द्र कार्कीका दाहिने हात मानिन्छन् । सञ्चारमा ज्ञानेन्द्र हुँदा उनकै सहयोगीका रुपमा कार्यरत रहेका खत्री यस अघि बजेट महाशाखामा रहेर गडबडी गरेको बिषयमा अख्तियारले टंगालमै बोलाएर उनीसँग बयान लिइसकेको छ । अर्थ स्रोतका अनुसार, बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी रितेश शाक्य वा बलराज रिज्यालमध्ये एकले पाउने चर्चा छ ।
यस अघि प्रकाशशरण महतको समयमा अर्थ भित्र्याइएका आधा दर्जन सहसचिवहरु रेड जोनमा छन् । अहिले अर्थभन्दा बाहिर पुगेका कमल भट्टराई,शिवलाल तिवारी,सुमन दाहाल, जिवलाल भुसाल, ढुण्डी निरौलाहरुलाई अर्थ मन्त्रालय भित्र्याएर महत्वपूर्ण जिम्मेवारी दिने तयारी चलिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष