प्रमुख प्रशासकीयकै अगाडि जनप्रतिनिधिले समाए अधिकृतको कठालो

पोखरा महानगरपालिका वडा नम्बर ४ नम्बर वडाध्यक्षले कर्मचारीलाई हात पात गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अधिकृत सातौं तहका कर्मचारी ईश्वरीप्रसाद पोखरेलमाथि हातपात भएको भन्दै कर्मचारीहरु आक्रोशित भएका छन । वडा अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेसँगै कर्मचारीहरुले महानगरपालिकाको कामकाज ठप्प पारेका छन्,कर्मचारीहरुले ।

बिज्ञापन

कर्मचारीका अनुसार प्रमुख प्रशासकीयकै कार्यकक्षमा प्रशासकीयकै अगाडि अधिकृत पोखरेलको कठालो समातेर कुटपिट गरिएको भन्दै महानगरपालिकामा कार्यरत विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।

बिज्ञापन

स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

उनीहरूले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकामा क्रियाशील कर्मचारी संगठनहरुको तर्फबाट घोर भर्त्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घण्टा भित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराउँदछौ ।’

बिज्ञापन

कर्मचारीहरुले सो घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष