भाँडियो शिक्षक र सरकारबीचको वार्ता

२४ दिनदेखि चलेको शिक्षक महासंघ र सरकारबीच आज हुने भनिएको वार्ता समेत भाँडिएको छ । वार्तका लागि अपरान्ह तीन बजे समय दिइएको थियो । आन्दोलनरत शिक्षकहरु २५ जनाको समूहसहित सिंहदरबारको गेटमा पुगेका थिए । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ जना वार्तामा सहभागी हुन सिंहदरबारको मूल गेटमा पुगेका थिए ।

बिज्ञापन

तर पास नपाए पछि उनीहरु अहिले सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो ।

बिज्ञापन

सिंहदरबारको गेटबाट भित्र छिर्न नपाएपछि उनीहरु फर्किएका छन् भने आज हुने भनिएको वार्ता समेत भाँडिएको छ ।  वार्ताका लागि तयार पारेको सूची शिक्षक महासंघबाट नभई शिक्षा मन्त्रालयले तयार पारेपछि वार्ता भाँडिएको जनाइएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जनाएको छन् । उनले भनेका छन्, ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

बिज्ञापन

यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।

शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष