भाँडियो शिक्षक र सरकारबीचको वार्ता

२४ दिनदेखि चलेको शिक्षक महासंघ र सरकारबीच आज हुने भनिएको वार्ता समेत भाँडिएको छ । वार्तका लागि अपरान्ह तीन बजे समय दिइएको थियो । आन्दोलनरत शिक्षकहरु २५ जनाको समूहसहित सिंहदरबारको गेटमा पुगेका थिए । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ जना वार्तामा सहभागी हुन सिंहदरबारको मूल गेटमा पुगेका थिए ।

बिज्ञापन

तर पास नपाए पछि उनीहरु अहिले सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो ।

बिज्ञापन

सिंहदरबारको गेटबाट भित्र छिर्न नपाएपछि उनीहरु फर्किएका छन् भने आज हुने भनिएको वार्ता समेत भाँडिएको छ ।  वार्ताका लागि तयार पारेको सूची शिक्षक महासंघबाट नभई शिक्षा मन्त्रालयले तयार पारेपछि वार्ता भाँडिएको जनाइएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जनाएको छन् । उनले भनेका छन्, ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

बिज्ञापन

यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।

शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष