चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

चालु आर्थिक वर्ष २०८१/ ८२ को तेस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा गरेको छ नबिल बैंकले । बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ नविल बैंक ।

बिज्ञापन

चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ८ दशमलव २१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो । तेस्रो त्रैमाससम्म बैंकको कर्जा ७ दशमलव ३८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बिज्ञापन

यस्तै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब ५४ करोड खुद नाफा गर्दै दोस्रो स्थानमा रहेको छ। गत चैत सम्ममा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८ दशमलव ६१ प्रतिशतले धेरै हो ।

यस्तै, तेश्रो धेरै नाफा कमाउने बैंक बनेको छ,ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तिय विवरण अनुसार,बैंक ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव १२ प्रतिशतले धेरै हो ।

बिज्ञापन

यस्तै चौथो नम्बरमा रहेको छ, एभरेष्ट बैंक । तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा बढेर ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३२ दशमलव ५५ प्रतिशतले बढेको हो । सो बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै नेपाल बैंक लिमिटेडले २ अर्ब ७८ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड रुपैयाँ नाफा गरेका छन्।
विवरण अनुसार,स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६५ करोड रुपेयाँ खुद नाफा गरेका छन्।

यसैगरी लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड रुपैयाँ, नेपाल एसविआई बैंकले १ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड रुपैयाँ, सिटिजन्स बैंकले ९६ करोड रुपैयाँ नाफा गरेका हुन्।

हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले ३८ करोढ ५८ लाख रुपैयाँ खुद नाफा गरेका छन्। यस अवधिमा सबैभन्दा कम खुद नाफा एनआईसी एसिया बैंकले १५ करोड ७६ लाख रुपैयाँ नाफा गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष