रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक बुटवलमा सार्वजनिक

 

बिज्ञापन

बैसाख ४, बुटवल । रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले एक कार्यक्रम गरी आज बुटवलमा रोयल इन्फिल्ड को पाँच भेरियन्ट सहितको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासीक बाइकको बुकिङ, टेस्ट राइड र विक्री आजबाट सुरू गरेको छ । बुटवल उधोग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले उक्त बाईकको उद्घाटन गरे सङ्गै प्रतिष्ठानले बिक्रीको शभारम्भ गरेको हो । मध्यम आकारको मोटरसाइकल (३५० सीसी–६५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको हो । पुरानो आकर्षणलाई कायम राख्दै आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरेको हो ।

बिज्ञापन

रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने प्रतिष्ठानले बताएको छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुने प्रबन्ध सञ्चालक सदस्य प्रवेश गैरेले बताए । न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङ सँगै आकर्षक डिजाइन रहेका छन् । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ्गको प्रतिनिधित्व गर्दै आएको कम्पनिले जनाएको छ । क्लासिक ३५० सार्वजनिक भए पछि कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको बताएका छन् । नेपाली बजारमा त्यस प्रकारको प्रभाव रहेको गैरे प्रतिष्ठान प्राली बुटवलका अध्यक्ष प्रेम राज गैरेले पनि पुष्टि गरेका छन् । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरेको उनले बताएका छन् । यसको नेपाली बजार मुल्य ५,५५००० ( पाँच पचपन्न हजार) देखि ५,७९००० रहेको प्रमुख प्रबन्धक धुर्व सापकोटाले बताए ।

आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने विश्वास रहेको प्रतिष्ठानले बताएको छ । यसको हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ । सिग्नल सिरिज कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ ।

बिज्ञापन

यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ । डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ । भने क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बङ्गालादेशमा र भारतको तमिलनाडु बाट यसको उत्पादन हुने गरेको प्रतिष्ठानले जनाएको छ । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल पनि बिभिन्न समयमा लञ्च गरेको गरि सकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष