गृहका बरण्डामा हाकिमका बथान,तीन किस्तामा २२ कर्मचारीको सरुवा

गृह मन्त्रालयले थप दुई उपसचिव र दुई सचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।प्रहरीको सरुवा र बढुवामा व्यस्त रहेका गृह मन्त्री,सचिवदेखि कर्मचारी प्रशासनका हर्ताकर्ताहरुको ध्यान कर्मचारी परिचालनतिर नजाँदा गृहमा दर्जनौं सहसचिव,उपसचिव र अधिकृतहतहरु थन्किएका छन् । केही त दुई महिनाभन्दा लामो समयदेखि हाजिर लगाउने र घर फर्कने गर्दै आएका छन् तर गृह मन्त्रालयले भने किस्ताबन्दीमा सरुवा गरिरहेको छ,कर्मचारीहरुको ।

बिज्ञापन

मन्त्रालयले कैलाश बहादुर ठकुराठीलाई बझाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन गरेको छ । यस्तै मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका ओम प्रसाद भट्टराईलाई गृहमा फिर्ता बोलाएको छ ।

बिज्ञापन

यता सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह फिर्ता बोलाइएको छ । उनको ठाउँमा विश्व प्रकाश अर्याललाई खटाएको छ ।

गृहले हालैमात्र पदस्थापन भएका दिलकुमार तमाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु,जगदिश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत,भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी,बर्दघाट सुस्ता पूर्व, कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङमा खटाउँदा प्रेम प्रसाद लुँइटेललाई जिल्ला प्रशासन कार्यालय उदयपुर,आनन्द सारुलाई अछाम जिल्लाको सिडियोको जिम्मेवारी दिएर पठाएको छ ।

बिज्ञापन

यस अघिको लटमा गृहले थप साथ जना सहसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको थियो । गृहको बरण्डामा अझैं डेढ दर्जन सहसचिव,दर्जनौं उपसचिव र अधिकृतहरु थन्किएका छन् ।गृहले पहिलो किस्तामा सात,दोश्रो किस्तामा १३ र तेश्रो किस्तामा २ उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारले ट्रेड युनियन खारेज गर्ने मनशाय राखेको छैनः मन्त्री यादव

सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप

भन्सार विभागको महानिर्देशकमा यमलाल, आन्तरिकमा डाक्टर भीष्म

आठ कर्मचारी संगठनलाई मन्त्रालयको तीन दिने अल्टिमेटम

भागदौडको ट्रेलर सार्वजनिक

गृह वा अर्थ ताकेका सचिवको मधेश प्रदेशमा सरुवा

अश्लिल हर्कतको भिडियो सार्वजनिक भए पछि सिंहदरबारबाटै पक्राउ परे अधिकृत

अर्थका दुई ठूला विभागमा को बन्दैछन् महानिर्देशक ?

बिशेष