गृहका बरण्डामा हाकिमका बथान,तीन किस्तामा २२ कर्मचारीको सरुवा

गृह मन्त्रालयले थप दुई उपसचिव र दुई सचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।प्रहरीको सरुवा र बढुवामा व्यस्त रहेका गृह मन्त्री,सचिवदेखि कर्मचारी प्रशासनका हर्ताकर्ताहरुको ध्यान कर्मचारी परिचालनतिर नजाँदा गृहमा दर्जनौं सहसचिव,उपसचिव र अधिकृतहतहरु थन्किएका छन् । केही त दुई महिनाभन्दा लामो समयदेखि हाजिर लगाउने र घर फर्कने गर्दै आएका छन् तर गृह मन्त्रालयले भने किस्ताबन्दीमा सरुवा गरिरहेको छ,कर्मचारीहरुको ।

बिज्ञापन

मन्त्रालयले कैलाश बहादुर ठकुराठीलाई बझाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन गरेको छ । यस्तै मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका ओम प्रसाद भट्टराईलाई गृहमा फिर्ता बोलाएको छ ।

बिज्ञापन

यता सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह फिर्ता बोलाइएको छ । उनको ठाउँमा विश्व प्रकाश अर्याललाई खटाएको छ ।

गृहले हालैमात्र पदस्थापन भएका दिलकुमार तमाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु,जगदिश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत,भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी,बर्दघाट सुस्ता पूर्व, कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङमा खटाउँदा प्रेम प्रसाद लुँइटेललाई जिल्ला प्रशासन कार्यालय उदयपुर,आनन्द सारुलाई अछाम जिल्लाको सिडियोको जिम्मेवारी दिएर पठाएको छ ।

बिज्ञापन

यस अघिको लटमा गृहले थप साथ जना सहसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको थियो । गृहको बरण्डामा अझैं डेढ दर्जन सहसचिव,दर्जनौं उपसचिव र अधिकृतहरु थन्किएका छन् ।गृहले पहिलो किस्तामा सात,दोश्रो किस्तामा १३ र तेश्रो किस्तामा २ उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष