भद्रपुरबाट बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर भित्राउने एक पक्राउ

झापा । भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागू औषध ब्राउन सुगर भित्राउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १:२० बजेको समयमा भद्रपुर नगरपालिका-४ स्थित डागिबारी क्षेत्रबाट तेह्रथुम जिल्ला आठराई गाउँपालिका-१ घर भई हाल झापा कनकाई नगरपालिका-७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

बिज्ञापन

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमा तैनाथ सशस्त्रले शङ्का लागी चेकजाँच गर्दा उनले बोकेको सारईन्थेंटिक झोलाभित्र रहेको सुगर क्रि बिस्कुटको प्याकेट भित्र लुकाइछिपाई ल्याएको ३ पोका ब्राउन सुगर फेला परेको थियो । साथै नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइल लगायतको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष