भद्रपुरबाट बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर भित्राउने एक पक्राउ

झापा । भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागू औषध ब्राउन सुगर भित्राउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १:२० बजेको समयमा भद्रपुर नगरपालिका-४ स्थित डागिबारी क्षेत्रबाट तेह्रथुम जिल्ला आठराई गाउँपालिका-१ घर भई हाल झापा कनकाई नगरपालिका-७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

बिज्ञापन

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमा तैनाथ सशस्त्रले शङ्का लागी चेकजाँच गर्दा उनले बोकेको सारईन्थेंटिक झोलाभित्र रहेको सुगर क्रि बिस्कुटको प्याकेट भित्र लुकाइछिपाई ल्याएको ३ पोका ब्राउन सुगर फेला परेको थियो । साथै नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइल लगायतको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात महिना नबित्दै स्थानीय सेवा ऐन संशोधन,प्रदेशसभामा पेश गरिँदै

निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

बिशेष