समायोजन पीडित कर्मचारीको माग : वृत्ति विकास रोकियो,संघमै फिर्ता पठाइयोस

सुदूरपश्चिम प्रदेश सरकारका कार्यालयमा कार्यरत लेखा समूहतर्फका कर्मचारीले संघमा फिर्ता पठाइदिन आग्रह गरेका छन् । प्रदेश सरकारले वृत्ति विकासको अवसर नदिएको भन्दै लेखा समूहतर्फका कर्मचारीले संघीय सरकारमै फिर्ता गर्नुपर्ने माग राखेका छन् । लामो समयदेखि वृत्ति विकासको माग गर्दै आएका लेखा समूहका कर्मचारीले प्रदेश सरकारले वेवास्ता गरेपछि संघमा फिर्ता गर्नुपर्ने माग अघि सारेका हुन ।

बिज्ञापन

उनीहरुले प्रदेश सरकारका प्रमुख सचिवलाई पत्र बुझाउदै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाउन माग गरेका हुन ।

बिज्ञापन

कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा कमल प्रसाद पोखरेल र प्रशासन सचिव बसन्त भट्टराईको अवरोधका कारण वृत्ति विकास रोकिएको आरोप लगाउँदै आएका छन् । सोही कारण आफूहरुलाई संघमै फिर्ता पठाउन माग गरेका हुन ।

प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा कार्यारत कर्मचारीहरुले प्रदेशमा समायोजन भएर २०७४ सालदेखि लेखा अधिकृत पदमा कार्यरत भएपनि प्रदेश निजामती सेवा ऐन २०७९ र प्रदेश निजामती सेवा नियमावली २०८१ बमोजिम संगठन व्यवस्थापन तथा सर्वेक्षण नगरेको, वृत्ति विकासको अवसर नदिएको उनीहरुको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशमा लेखा समूहका एक सय ३८ जना कर्मचारी समायोजन भएर आएका भए पनि प्रदेश निजामती सेवा ऐनले लेखा समूहका कर्मचारीको वृत्ति विकासको बाटो बन्द गरेका कारण करिब आधा जति कर्मचारी अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

यसअघि पनि सुदूरपश्चिम प्रदेशमा वृत्ति विकासको माग गर्दै लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले कर्मचारी समोजन ऐन २०७५ अनुसार प्रदेशमा समायोजन भएका बखत कायम पदमा मनोबल कमजोर नहुने गरी प्रोत्साहन गर्ने र पदनाम गर्ने विषयमा समेत ध्यानाकर्षण गराउँदै आएका थिए ।

उनीहरुले माग पूरा नभएसम्म प्रदेश सरकारका सबै निकायबाट हुने भुक्तानीको प्रक्रिया नै रोक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष