भूमि बाहेक पाँच अध्यादेश निर्णयार्थ पेश हुँदै,अस्वीकारका ६६ प्रस्ताव

केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर ल्याएको अध्यादेश आज संसदमा पेश हुने भएको छ । आज बस्न लागेको बैठकको सम्भावित कार्यसूचीमा सरकारले ल्याएको भूमि बाहेकका अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ ।

बिज्ञापन

यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको अध्यादेश पेश गर्ने आजको कार्यसूचीमा रहेको छ । आजको बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन् । जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

बिज्ञापन

प्रतिनिधि सभामा बुधबार र राष्ट्रिय सभामा बिहीबार अध्यादेश अघि बढाउने सरकारको तयारी छ । सरकारलाई समर्थन गरेका दलसमेत विपक्षमा उभिएपछि भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढ्ने भएको छ । सदनमा पेस भएको एक महिनापछि अध्यादेशको प्रक्रिया अघि बढ्न लागेको हो ।

बुधबार प्रतिनिधि सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुने छन् । जसमध्ये सहकारीबोहकका अध्यादेश पुस २९ गते राष्ट्रपतिबाट जारी भएका थिए । सहकारीसम्बन्धी अध्यादेश पुस १४ गते जारी भएको थियो ।

बिज्ञापन

सरकारले माघ २४ गते नै अध्यादेश स्वीकृतको तयारी गरेको थियो । संसद्का दुवै सदनको सम्भावित कार्यसूचीसमेत बनिसकेको अवस्थामा राष्ट्रिय सभामा स्वीकृत हुने सुनिश्चित नभएपछि सरकारकै प्रस्तावमा कार्यसूची हेरफेर भएको थियो । संवैधानिक व्यवस्था अनुसार अध्यादेश जारीपछिको संसद् अधिवेशनको प्रारम्भमै पेस गर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरणसमेत नभए स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

प्रतिस्थापन विधेयक ल्याउन अध्यादेश दुवै सदनबाट स्वीकृत गराउनुपर्छ । राष्ट्रिय सभाको बैठक भोलि बिहीबारलाई राखिएको छ । बिहीबार राष्ट्रिय सभाले पनि अध्यादेश स्वीकृत गरेको खण्डमा सरकारलाई विधेयक ल्याउने बाटो खुल्नेछ ।यी अध्यादेश अस्वीकारका लागि तल्ला र उपल्ला सदनमा गरी ६६ प्रस्ताव दर्ता भएको संसद सचिवलायले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष