‘सङ्घीय निजाती सेवा ऐनको विवाद निरुपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीले बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको चर्चा गर्दै उनले देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

बिज्ञापन

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तनपछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए । उनले भने,‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुनसक्छ ।’एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ ।

बिज्ञापन

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजनाअन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उले बताए ।यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको वर्तमा सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पु¥याएको जानकारी उनले दिए । सो ऐन केही दिनभित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष