‘सङ्घीय निजाती सेवा ऐनको विवाद निरुपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीले बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको चर्चा गर्दै उनले देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

बिज्ञापन

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तनपछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए । उनले भने,‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुनसक्छ ।’एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ ।

बिज्ञापन

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजनाअन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उले बताए ।यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको वर्तमा सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पु¥याएको जानकारी उनले दिए । सो ऐन केही दिनभित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष