मुख्यमन्त्री कोहलपुर गोल्डकप सुरु, आयोजक विजयी

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुवात गरेको हो ।

बिज्ञापन

कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औँ मिनेटमा जर्सी नम्बर ११ का निराजनजंग शाहीले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले दोस्रो गोल गरे । शाही र थापाको गोलबाट प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो । लुम्बिनी फुटबल एडेकेमी, घोराही दाङले भने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन् ।

बिज्ञापन

प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार प्रतियोागिताको दोस्रो दिन आईतबार दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिंङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

बिज्ञापन

शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । मुख्यमन्त्री आचार्यले खेलाडीहरुलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्वपूर्ण रहेको बताए । विदेशी टिम सहभागी हुने प्रतियोगिताले कोहलपुरको मात्र नभएर देशकै पहिचान बढाउने उनले बताएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यातायात व्यवसायीसँग वार्ता गर्न बन्यो समिति,संयोजक तोकिए सहसचिव पन्थ

आज कर्मचारीहरु सामान्य प्रशासनको मूल ढोकामा,निजामती विद्येयक भोलि प्रतिनिधि सभामा

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’

राजावादीको फिर्ता,यातायात व्यवसायीको अनिश्चितकालीन यातायात बन्द

कुन-कुन मन्त्री ‘रेड जोन’मा ?

न्यायपालिका अधिकृत समाजमा नयाँ नेतृत्व,अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष नै सर्वाेच्च अदालतबाट

बिशेष