स्वास्थ्य सचिवका लागि तीन चिकित्सक प्रतिस्पर्धामा

स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवहरू प्रतिस्पर्धामा छन् ।अतिरिक्त स्वास्थ्य सचिवहरू डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बराकोटी स्वास्थ्य सचिवका लागि प्रतिस्पर्धामा देखिएका हुन् ।

बिज्ञापन

मिश्रा र बराकोटी अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै कार्यरत छन् भने देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् ।

बिज्ञापन

सरकारी सेवा प्रवेशको आधारमा हेर्दा डा. देवकोटा सबैभन्दा वरिष्ठ हुन् । तर १२औं तहमा भने डा. संगिता, दुई अतिरिक्त सचिवभन्दा ८ महिनाअगाडि बढुवा भएकी हुन् ।

डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् । यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि उनीसँग छ ।

बिज्ञापन

डा. बाराकोटी लामो समय उपत्यका बाहिर सेवारत रही हालै १२औँ तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालय आइपुगेका हुन् ।भने कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा. मिश्रले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।

फागुन ११ गते स्वास्थ्य सचिवको पद रिक्त भएपछि १२ गते लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठन हुने बढुवा समितिले सचिवका लागि सरकारलाई नाम सिफारिश गर्नेछ । बढुवा गर्दा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनसहितको अंकलाई आधार मानेर सिफारिश गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा मिश्रा नै पहिलो स्थानमा छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भूमि व्यवस्थापन विभागमा ठूलो संख्यामा सरुवाको तयारी, लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्दै

स्थानीय तहमा खटाइएका २४ हाकिम बाटैबाट फिर्ता,१७९ ले सिंहदरबार छाड्नै मानेनन

लोक सेवा तयारीमा रणनीति, अनुशासन र मनोबल नै सफलता सूत्र: उपसचिव खगेन्द्र बर्देवा

७ उपसचिव र ५ शाखा अधिकृतको सरुवा : स्थानीय तहबाट ९ मन्त्रालयमा,२ लाई अन्तरपालिका

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

बिशेष