स्वास्थ्य सचिवका लागि तीन चिकित्सक प्रतिस्पर्धामा

स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवहरू प्रतिस्पर्धामा छन् ।अतिरिक्त स्वास्थ्य सचिवहरू डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बराकोटी स्वास्थ्य सचिवका लागि प्रतिस्पर्धामा देखिएका हुन् ।

बिज्ञापन

मिश्रा र बराकोटी अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै कार्यरत छन् भने देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् ।

बिज्ञापन

सरकारी सेवा प्रवेशको आधारमा हेर्दा डा. देवकोटा सबैभन्दा वरिष्ठ हुन् । तर १२औं तहमा भने डा. संगिता, दुई अतिरिक्त सचिवभन्दा ८ महिनाअगाडि बढुवा भएकी हुन् ।

डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् । यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि उनीसँग छ ।

बिज्ञापन

डा. बाराकोटी लामो समय उपत्यका बाहिर सेवारत रही हालै १२औँ तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालय आइपुगेका हुन् ।भने कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा. मिश्रले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।

फागुन ११ गते स्वास्थ्य सचिवको पद रिक्त भएपछि १२ गते लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठन हुने बढुवा समितिले सचिवका लागि सरकारलाई नाम सिफारिश गर्नेछ । बढुवा गर्दा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनसहितको अंकलाई आधार मानेर सिफारिश गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा मिश्रा नै पहिलो स्थानमा छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष