संघीय निजामति सेवा ऐन चाँडो भन्दा चाँडो संसदबाट पारित हुन्छ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा ऐन चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बिज्ञापन

मंगलवार नेपाल नगरपालिका संघको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहलाई संविधानले नै सरकारको मान्यता दिएको भन्दै संविधानले दिएको अधिकारलाई संघबाट हस्तक्षेप गर्नु नहुने बताए ।

बिज्ञापन

उनले आफ्नो सचिव स्थानीय सरकारले नै छान्न पाउनुपर्ने कुरामा आफू सहमत रहेको बताए । उनले ६ महिनाको अर्धवार्षिक समीक्षामा सरकारको विकास खचकरिब ६३ अर्ब रहेको बताए। उनले साधारण खर्च साढे ५ खर्बभन्दा बढी भएको र झन्डै डेढ खर्बको हाराहारीमा ऋण लिएर साधारण खर्चको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए।

मन्त्री जोशीले तीन तहकै सरकार मिलेर काम गर्न जरुरी रहेको बताए । उनले देशमा एक खालको निराशा कायम रहेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष