सुनको सिक्री नपाउँदा बिहे रद्ध गर्ने सरकारी कर्मचारी पक्राउ

कानुन भन्छ,दाइजो लिनु र दिनु पाप हो तर सरकारी कर्मचारी नै दाइजोमा सुन पाइएन भन्दै विवाह रद्ध गर्दछन् ।

बिज्ञापन

यसरी दाइजोमा सुन नपाएको भन्दै विवाह रद्ध गर्ने कर्मचारी हुन उमेश साह । साह वीरगन्ज महानगरपालिकामा स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिक्री नदिएको विवाह रद्ध गरेका हुन ।
उनले झण्डै २० औं लाख बराबरको दाइजो पाउँदा पनि सुनको सिक्री नपाएको भन्दै विवाह रद्ध गरेका हुन । साहसँग बारा कलैया उपमहानगरपालिका–४ निवासी सुखल शाहकी छोरीसँग विवाह पक्का भएको थियो। रमिताको परिवारले उमेशलाई दाइजोमा नगद १२ लाख, ३ लाख २५ हजारको मोटरसाइकल, एक थान ल्यापटप, एक थान सुनको औठी र सुनकै हनुमानको माला दिइएको थियो।

बिज्ञापन

त्यसका अलवा उमेशले जन्ती लिएर आएपछि सुनको सिक्रीको माग गरेका थिए। बिहेपछि सुनको सिक्री दिन बेहुलीको परिवार तयार भइसकेको थियो। तर सुनको सिक्री नपाएसम्म बिहे नै नगर्ने भन्दै उमेशले आलटाल गरेपछि लफडा भएको र विवाद लम्बिदै गएपछि प्रहरीले बेहुलासहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

बिशेष