सुनको सिक्री नपाउँदा बिहे रद्ध गर्ने सरकारी कर्मचारी पक्राउ

कानुन भन्छ,दाइजो लिनु र दिनु पाप हो तर सरकारी कर्मचारी नै दाइजोमा सुन पाइएन भन्दै विवाह रद्ध गर्दछन् ।

बिज्ञापन

यसरी दाइजोमा सुन नपाएको भन्दै विवाह रद्ध गर्ने कर्मचारी हुन उमेश साह । साह वीरगन्ज महानगरपालिकामा स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिक्री नदिएको विवाह रद्ध गरेका हुन ।
उनले झण्डै २० औं लाख बराबरको दाइजो पाउँदा पनि सुनको सिक्री नपाएको भन्दै विवाह रद्ध गरेका हुन । साहसँग बारा कलैया उपमहानगरपालिका–४ निवासी सुखल शाहकी छोरीसँग विवाह पक्का भएको थियो। रमिताको परिवारले उमेशलाई दाइजोमा नगद १२ लाख, ३ लाख २५ हजारको मोटरसाइकल, एक थान ल्यापटप, एक थान सुनको औठी र सुनकै हनुमानको माला दिइएको थियो।

बिज्ञापन

त्यसका अलवा उमेशले जन्ती लिएर आएपछि सुनको सिक्रीको माग गरेका थिए। बिहेपछि सुनको सिक्री दिन बेहुलीको परिवार तयार भइसकेको थियो। तर सुनको सिक्री नपाएसम्म बिहे नै नगर्ने भन्दै उमेशले आलटाल गरेपछि लफडा भएको र विवाद लम्बिदै गएपछि प्रहरीले बेहुलासहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष