डुडुवा पुर्ण खोप सुनिश्चितता घोषणा

डुडुवा, १० बैशाख – बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै

बिज्ञापन

बिज्ञापन

पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदाय स्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो ।
उहाँले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुने बताउनुभयो ।
गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार तीन सय २९ जना बालबालिकाले सत प्रतिशत पुर्ण खोप लगाएको र १६ महिनादेखि ५९ महिनाका तीन हजार ६ सय १२ जना मध्ये १ सय १७ जना बालबालिकाले खोप लगाउनबाट छुटेकाले तिनीहरुको खोजी गरि सबैलाई खोप लगाएपछि सत प्रतिशत पुर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार वार्षिक रुपमा पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि घोषणा गरिएको हो । घोषणा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, झंकबहादुर थापा र मोहनराम मिश्र, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्ग, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष