कर्णाली प्रदेश सरकारले ५ जना अधिकृतस्तरका कर्मचारीहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतले प्रशासन सेवाका अधिकृत तहका कर्मचारीहरुलाई उपसचिव नवौं तहमा बढुवा सिफारिस गरेको हो ।
जसअनुसार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह विद्याप्रसाद उपाध्याय,कल्पना खत्री र सुनिल लिम्बु बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
यस्तै,प्रशासन सेवा लेखा समूहका रत्न प्रसाद सुवेदी र प्रदेश आर्थिक योजना तथा तथ्यांक सेवाबाट तेजकुमार दर्लामी बढुवाका लागि सिफारिस भएका हुन ।
बढुवा सिफारिस समितिले ती कर्मचारीलाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























