पर्यटन विभागले पर्वतारोहण टोलीका साथ खट्ने सम्पर्क अधिकृत (लिएजोन अफिसर) को सूची सार्वजनिक गरेको छ ।
बिज्ञापन
हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटिरहेको छ तर लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि हाकिमका आफन्त,दलगत कर्मचारी ट्रेड युनियनकर्मीहरुकै बोलबोला रहेको भेटिएको छ । सन् २०२४ मा विश्व शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीसँगै खटिएका दुई सय बढी सम्पर्क अधिकृतको नामावलीसहित सूची सार्वजनिक गरिएको हो । सूचीअनुसार गत वर्ष विभिन्न सरकारी निकाय तथा कार्यालयमा कार्यरत कुल दुई सय २७ जना कर्मचारी सम्पर्क अधिकृत भएर विभिन्न हिमाल गएका छन् । जसमा आधाभन्दा बढी अर्थात् एक सय २० जना पर्यटन मन्त्रालय र मातहतका कार्यालयमा काम गर्ने कर्मचारी रहेका छन् ।
बिज्ञापन
सम्पर्क अधिकृत बनेर जाँदा पर्यटन ऐन र पर्वतारोही नियमावली पूर्ण पालना नभएको भन्दै बीचमा अनेकन नियमावलीहरु बने पनि विगतमा झैं गत बर्ष पनि कर्मचारी ट्रेड युनियनकर्मी,मन्त्री र सचिवको सचिवालयमा बस्ने कर्मचारीदेखि एक सचिवको धर्मपत्नी समेत लिएजोन अफिसर बनेर हिमाल आरोहणमा निस्किएको भेटिएको छ ।
मन्त्री, सचिवदेखि ट्रेड युनियनको आडमा हिमाल गएर आधार शिविरसम्म नपुगी फर्कने रोग उस्तै छ । अघिल्लो आर्थिक वर्ष ११५ जना अफिसर गएमध्ये केही त बीचबाटै फर्किएका पर्यटन विभागकै अभिलेख छ ।
सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही हुने व्यवस्था छ । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो भिडियो बुझाउनुपर्छ पनि भनिएको छ । कुनै पनि विदेशीले आरोहण गरेको वा नगरेको प्रमाणित गर्ने अधिकार जियाजो अफिसरलाई हुन्छ । तर, विडम्बना जसले हिमाल आरोहण गरेको भनी प्रमाणित गर्छ, ऊ आफैँचाहिँ हिमाल चढ्दैन । विभागका महानिर्देशकहरु समेत यस्ता विकृतीमा लगाम लगाउन नसकेको ट्रेड युनियन र मन्त्री सचिवका अगाडि निरीह बनेको उदाहरण प्रशष्त छन् ।
बिज्ञापन
बाँकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, महान्यायाधिवक्ता कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कानून मन्त्रालय, नेपाल प्रहरी, नारायणहिटी दरबार संग्रहालय, पुरातत्व विभाग, नापी कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालयलगायतका कर्मचारी रहेको बताइन्छ ।
सरकारले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीसँग सरकारी कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउँदै आएको छ । यसरी खटिएका सम्पर्क अधिकृतले हिमाल आरोहण टोलीको सरकारी कामकाजदेखि तिनले हिमालमा गर्ने गतिविधि, सफल आरोहण गरे वा नगरेको रेकर्ड राख्नेलगायत काम गर्ने गर्छन् । साथै, एकातिर आफ्नो नियमित जागिरमा तलबी बिदा पाइने, अर्कोतर्फ भत्ता सुविधा र घुमफिरसमेत गर्न पाइने हुँदा सम्पर्क अधिकृतमा कर्मचारीहरुको आकर्षण धेरै देखिन्छ ।