उपमेयरसँग प्रशासनका हाकिमको नोक झोक,पालिकाको काम काज ठप्प

इटहरी उपमहानगरपालिकामा शुक्रवारदेखि ताला लागेका छ । जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा उपमहानगरपालिकाका जनप्रतिनिधिकै नेतृत्वमा प्रशासन शाखामा ताला लगाइएपछि कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् । गत शुक्रवार साँझ उपप्रमुख संगीता कुमारी चौधरीसहित केही वडाअध्यक्षले गत शुक्रवार प्रशासन शाखामा तालाबन्दी गरेका थिए । शुक्रबार उपमेयरको नेतृृत्वमा प्रशासन शाखामा तालाबन्दी गर्ने क्रममा प्रशासनको प्रमुख अधिकृत छैंटौं तहका कर्मचारी सञ्जिव खड्कासँग नोक झोक चलेको थियो । आफू कार्यकक्षबाट निस्किएपछि गत शुक्रवार तालाबन्दी भएको र सो क्रममा उपमेयर चौधरी र प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कासँग विवाद भएका कारण सेवा प्रवाह ठप्प हुन पुगेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कर्मचारी प्रेसलाई बताए । उनका अनुसार, उपप्रमुख संगीताकुमार खड्कासहितको टोलीको नोकझोक चलेको बताइएको छ । कर्मचारीहरुले भने सो घटनाको आत्मालोचना हुनुपर्ने अडान लिइरहेका छन् ।

बिज्ञापन

सो घटना पछि त्यहाँका कर्मचारीले असुरक्षा भएको भन्दै आइतबार तालाबन्दी गरेका हुन् । उपप्रमुखले तालाबन्दी गरेपछि त्यसको प्रतिकार गर्दै सुरक्षाको माग गर्दै आइतबार कर्मचारीहरुले विरोध गरेको मेहता बताउँछन् । पालिका मातहत झण्डै ६ सय कर्मचारीहरु रहेका छन् । ती मध्ये पालिकाका विभिन्न शाखाका कर्मचारीहरु विरोधमा उत्रदा पालिकाको सेवा प्रवाह ठप्प हुन पुगेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष