संघका कर्मचारीलाई सचिव बनाएपछि स्वास्थ्य सचिव शर्मा पुगे अदालत

गण्डकी प्रदेशमा संघका कर्मचारीलाई सचिवको जिम्मेवारी दिएपछि यसअघिका सचिव अदालत पुगेका छन् । प्रदेश सरकारको माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट लामो समयदेखि काम गर्दै आएका स्वास्थ्य सचिव विनोदविन्दु शर्मालाई हटाएर संघबाट खटाइएका डा. विश्वबन्धु बगालेलाई जिम्मेवारी दियो ।

बिज्ञापन

बगालेले यसअघि पनि गण्डकीकै स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।२०७९ असोज ५ मा गण्डकीमा आएका बगाले करिब ३ महिना काम गरेर अध्ययन बिदामा बसेका थिए ।केही महिना अध्ययन बिदामा बसेका बगालेलाई पुनः मन्त्रालयमै फर्काइएको हो ।

बिज्ञापन

शर्मालाई स्वास्थ्य तालिम केन्द्रको महानिर्देशक बनाइएको छ । शर्माले उक्त निर्णयविरुद्ध अदालतमा रिट दिए । उच्च अदालतमा ८ गते दायर भएको रिटमा सुनुवाइ गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश भएको छ । न्यायाधीश उमेश कोइरालाको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष