रविको मुद्दा न्यायाधीश योगीको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो ।

बिज्ञापन

पूरक अभियोगमा कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी बनाइएको छ। जसमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ कास्की कारागारमा रहेको छन् ।

बिज्ञापन

पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ। रविमाथि उक्त सहकारीको १३ करोड रुपैयाँको हिनामिनामा संलग्न रहेको अभियोग छ।  लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा आज लामिछाने अदालत हाजिर भएका हुन् । बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौँबाट विमानमार्फत हिजै भैरहवा पुगेका थिए। उनी बुधबार बिहान सवा १० बजे नै अदालतमा पुगिसकेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाउने प्रस्ताव, संघीय निजामती विधेयकको मस्यौदा तयार

राष्ट्रिय किताबखाना र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबीच सेवा अन्तरआवद्धता विस्तार

कर्मचारीलाई ३ महिनासम्म विदेश जान रोक

दीपक भट्टसँग नाम जोडिएका तीन सहसचिव प्रदेश पुगे,अर्काे सहसचिव तानिए मन्त्रालय

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

उता ‘शून्य फाइल’,यता बढुवा फाइल महिनौंदेखि घर्रामा

बिशेष