लोकसेवाको लोगो बनाउनेलाई ४० हजार इनाम

गण्डकी प्रदेश लोकसेवा आयोगले आफ्नो छुट्टै प्रतीक चिन्ह बनाउने भएको छ । कामकारबाहीलाई अझ व्यवस्थित, स्वच्छता र निष्पक्ष बनाउनका निम्ति छुट्टै लोगो बनाउन लागेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले आज सूचना जारी गर्दै गण्डकीको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, पर्यटकीयसहित निजामती सेवा तथा सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी झल्किने लोगो बनाउनेलाई पुरस्कृत गर्ने जानकारी दिएको छ ।

बिज्ञापन

‘प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशले प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा, प्रदेश तथा स्थानीय तहअन्तर्गतका सङ्गठिक संस्थाहरुको पदमा उपयुक्त उम्मेदवार छनोटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने उद्देश्यका साथ कार्यसम्पादन गर्दै आएको छ,’ सूचनामा उल्लेख छ, ‘यस सन्दर्भमा आफ्नै एक प्रतीक चिन्ह ९लोगों प्रयोग गर्न आवश्यकता महशुस गरिएकोले त्यस्तो लोगो डिजाइन गरी २१ दिनभित्र पेश गर्न आह्वान गरिन्छ ।’

आयोगका अनुसार सर्वोत्कृष्ट लोगोको डिजाइनकर्तालाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । लोगोको डिजाइनसम्बन्धी शर्त तथा अन्य थप जानकारी आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष