लोकसेवाको लोगो बनाउनेलाई ४० हजार इनाम

गण्डकी प्रदेश लोकसेवा आयोगले आफ्नो छुट्टै प्रतीक चिन्ह बनाउने भएको छ । कामकारबाहीलाई अझ व्यवस्थित, स्वच्छता र निष्पक्ष बनाउनका निम्ति छुट्टै लोगो बनाउन लागेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले आज सूचना जारी गर्दै गण्डकीको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, पर्यटकीयसहित निजामती सेवा तथा सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी झल्किने लोगो बनाउनेलाई पुरस्कृत गर्ने जानकारी दिएको छ ।

बिज्ञापन

‘प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशले प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा, प्रदेश तथा स्थानीय तहअन्तर्गतका सङ्गठिक संस्थाहरुको पदमा उपयुक्त उम्मेदवार छनोटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने उद्देश्यका साथ कार्यसम्पादन गर्दै आएको छ,’ सूचनामा उल्लेख छ, ‘यस सन्दर्भमा आफ्नै एक प्रतीक चिन्ह ९लोगों प्रयोग गर्न आवश्यकता महशुस गरिएकोले त्यस्तो लोगो डिजाइन गरी २१ दिनभित्र पेश गर्न आह्वान गरिन्छ ।’

आयोगका अनुसार सर्वोत्कृष्ट लोगोको डिजाइनकर्तालाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । लोगोको डिजाइनसम्बन्धी शर्त तथा अन्य थप जानकारी आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष