मालपानीको ‘माल’ खाएर यस्तो कमाल

सेटिङ्ग मिलाएर राज्यलाई कंगाल तथा सीमित व्यवसायीलाई मालामाल बनाउनमा सरकारी कर्मचारी नै उद्यत छन् । व्यापारीकै इच्छाअनुसार कर्मचारीलाई कसरी ठाउँ ठाउँमा फिट गराइन्छ र स्वार्थअनुकूल काम तमाम गरिन्छ, एउटा उदाहरण हेरौंः

बिज्ञापन

रूपन्देहीका नवधनाढ्य उद्योगपति कमलकिशोर मालपानीको ‘माल’खाएर एउटा चल्तापुर्जा उपसचिवलाई बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा लगिएको चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतिर व्याप्त छ । यसको चाँजोपाँजोचाहिँ बजेटमा मुसा छिराउने उनै पूर्वनासु रघुनाथ घिमिरेले मिलाएका हुन् । घिमिरेले जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराति मन्त्रालयमा छिरेर करका दर हेरफेर गरेका थिए । अहिले रूपन्देहीमा मालपानीसँग नजिक रहेर काम गरिरहेका उनैले विवेकलाई सामान्य प्रशासन मन्त्रालयबाट रुपन्देही पुऱ्याउने काम गरेको बताइन्छ । विवेक अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । बालुवाटारकै भिटो लगाएर उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयमा पुगे ।

बिज्ञापन

त्यहाँ छायाँमन्त्रीकै रुपमा काम गर्न थाले, पछि मन्त्रीले सामान्यमा सारे । त्यहाँबाट प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग हुँदै बुटवल लगिएको छ उनलाई । विवेक त्यहाँ बसुञ्जेल भोला गुट्खा र करेन्ट चाउचाउबाला मालपानीलाई छुन नपाइने शर्त छ।राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले भने यसमा कुनै सत्यता नरहेको बताएका छन्।

कर्मचारी प्रेसले विभागको विषयमा विभिन्न समाचारहरू प्रकाशन गरेपछि विभाग झन् त्रसित बनेको छ। विभागभित्रको भित्री सूचना कसले चुहाएको भनेर कर्मचारीहरूलाई कडा निर्देशनको साथ हटाइने चेतावनी समेत दिएको स्रोतले बताएको छ।

बिज्ञापन

पछिल्लो समय जुन क्षेत्रको तस्कर छ्न उनै तस्कर प्रयोग गरेर सुराकी प्रयोग गरेर ब्यापारीहरुलाइ तर्साउने काम हुँदै आएका छन ।
सोही विभागको चार नम्बर पिल्लरले हात हालेको अर्को केस विवादित बन्न पुगेको छ । सो पिल्लरका हर्ताकर्ता छन् मणिराम पौडेल । दुई पटकसम्म भैरहवा भन्सारमा बसेका उनी पछिल्लो पटक काजु काण्डमा मुछिएर त्रिवि एयरपोर्ट भन्सारमा तानिएका हुन । त्यहाँबाट पुल्चोकस्थित राजश्व अनुसन्धान विभाग पुगेका उनैले अहिले व्यापारी बुद्ध लामाको केश हेरिरहेका छन् । गत २ मसिरमा रसुवा भन्सारबाट पास भएको कन्टेनरमा सुटकेशको प्रज्ञापनपत्र बनाएर ३२ सय जोर व्राण्डेड जुत्ता पास गराएको थियो । यही प्रकरणमा अहिले राजश्वले बुद्ध लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार, ब्राण्डेट जुत्ताको मूल्य ४५ डलर अर्थात प्रति जुत्ताको नेपाली मूल्य ६ हजार ७५ रुपैंया पर्न आउँछ । ३२ सय जोडा जुत्ताकोे बिगोमात्र १ करोड ९४ लाख ४० हजार,त्यसमा ३० प्रतिशत भन्सार,१३ प्रतिशत कर समेत जोड्दा ९१ लाख ३६ हजार ८ सय र बिगो २ करोड ८५ लाख ७८ हजार ८ सय हुन आउँछ । बिगो,जरिवाना समेत गर्दा झण्डै ५ करोड ११ लाख ५३ हजार रकम हुने आउने बताइएको छ । लामाको वजन इन्टरप्राइजेजबाट आयात भएको सामानमा ५ करोड बढी राजश्व गोलमाल भएको छ । अहिले उनै मणिले केही करोड लिएर उनलाई उम्काउने खेलो मेलो चल्दैछ ।

पछिल्लो समय राजश्व अनुसन्धान विभागबाट छानी छानी काँग्रेस र माओवादीका कर्मचारीहरु लखेटिने सिलसिला जारी छ । ६ नम्बर पिल्लर हेर्दै आएका दिनेश शिवाकोटी ६ महिनामै लखेटिए । विकास रिजाल पथलैयामा थिए तीन महिनामै लखेटिए । सात नम्बर पिल्लर हेर्ने मंगल बिष्ट,पाँच महिनामै लखेटिए कारण माओवादी हुनु । त्यहाँबाट छानीछानी काँग्रेस र माओवादीका कर्मचारी लखेटिदै छन् । अन्य काँग्रेस माओवादी निकट कर्मचारी सरुवाको सूची सामान्यका उपसचिव कमल भट्टराईमार्फत सरुवाको काम तमाम गराइदै आएको बताइन्छ ।

केही महिना अगाडि मात्र सहसचिव बनेकी कृष्णकुमारी श्रेष्ठलाई राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक छिन,पद छ तर उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

बिशेष