प्रमुख प्रशासकीयको कार्यकक्षमा उपमेयरको ताला

गोरखा नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरिदिएकी छिन् । उपमेयर मसली माया थोकरले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा गत बिहिबारदेखि ताल्चा लगाएकी हुन ।

बिज्ञापन

गत २४ गते नगरपालिकाको १३ औं नगरसभाको आयोजना गरिएको थियो । नगरसभामा एकलौटी गरिएको आरोपसहित उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको बताइएको छ ।

बिज्ञापन

थोकरले मेयर र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरूमाथि छलफल नगराएकोमा आपत्ति जनाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएकी हुन। काँग्रेसबाट निर्वाचित उपमेयर थोकरले नगरसभामा प्रस्तुत कार्यसूचीमा दफावार छलफलका लागि समय उपलब्ध गराउन आग्रह गर्दा समेत आवाजलाई बेवास्ता गरी एकलौटी ढङ्गले सभा अन्त्यको घोषणा गरिएको, प्रमुख प्रशासकीय अधिकृतको समन्वयकारी भूमिका नदेखाएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएकी हुन ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकिए पछि उनी शुक्रवारै काठमाडौं निस्किएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

बिशेष