७५ हजार धरौटीमा छुटे पूर्व सचिव सिलवाल

बिमा प्राधिकरणका निलम्बित अध्यक्ष सूर्यप्रसाद सिलवाल ७५ हजार धरौटी बुझाएर रिहा भएका छन् । आगामी माघ २१ गते अनिवार्य अवकाशमा जान लागेका सिलवालविरुद्ध अख्तियारले मंसिर २४ गते विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए ।

बिज्ञापन

सिलवालले तीन थरी नागरिकता प्रयोग गर्दै आएका थिए । निजामती किताबखानाको अभिलेख अनुसार सिलवालको जन्ममिति १५ साउन ०१५ उल्लेख भए पनि उनले प्राधिकरणको अध्यक्षमा नियुक्ति लिँदा २२ कात्तिक ०१६ को जन्ममिति पेस गरेको भेटिएको छ । दोस्रो नागरिकतामा उनले जन्ममिति एक वर्ष घटाई कागजात पेस गरेका थिए । यही जन्ममिति उनको मतदाता परिचयपत्र समेत बनाएका थिए । यस्तै उनले बोक्दै आएको राहदानीमा २४ कात्तिक ०१८ जन्ममिति उल्लेख गरिएको उनको तेस्रो नागरिकता पनि देखिएको छ । उनको राहदानीमा पनि यही जन्ममिति उल्लेख छ । १९ माघ ०७७ मा तत्कालीन मन्त्रिपरिषद् बैठकले सिलवाललाई तत्कालीन बिमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । कार्यकाल लम्बाउनका लागि उनले नागरिकतामा कीर्ते गरेको भेटिएसँगै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।अध्यक्ष सिलवालले तीनवटा नागरिकता प्रयोग गरेको भेटिएसँगै उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा लगेको थियो ।

बिज्ञापन

पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले विशेष अदालतमा ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो कायम गरी मुद्धा लगेको थियो । विशेष अदालतमा हिजो थुन छेक बहस थियो,सोही प्रकरणमा । बयानका लागि हिजो अदालतमा उपस्थित भएका थिए सिलवाल । बयान र थुनछेक पछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले धरौटी माग गरेको हो। धरौटी बुझाएर सिलवाल रिहा भएका छन्।
१५ साउन ०१५ कै जन्ममिति राखेर १ साउन ०४३ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका सिलवाल सचिव पदबाट अवकाश पाएका कर्मचारी हुन् । उनी २८ चैत ०७० देखि ६ मंसिर ०७२ सम्म गृहसचिवमा बहाल थिए ।उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिँदा एकथरी मिति कायम छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपिमा अर्काेथरी मिति उल्लेख छ । यस्तै शैक्षिक प्रमाण पत्रमा अर्काेथरी जन्ममिति उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

बिशेष