शेरचनलाई रोक्न ढुंगना सक्रिय

नेपाल बैंकर्स संघको आगामी अध्यक्षका निम्ति माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध छानिएका छन् । कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन । उनी अहिले संघमा उपाध्यक्षको भूमिकामा थिए ।

बिज्ञापन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अध्यक्ष बन्ने लाइनमा थिए तर दबाबमा उनले मैदान छाडेपछि कोइराला निर्विरोध भएका हुन् ।
बैंकर्स संघको अध्यक्षमा कोइरालालाई ल्याउन र शेरचन रोक्ने खेलोमेलोमा अहिले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना सक्रिय रहेको बताइएको छ । उनै ढुंगानाको चलखेलका कारण शेरचनले उम्मेद्‍वारी फिर्ता लिएका छन्। माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला उपेन्द्र महतोको निकट मानिन्छन् । यस्तै गभर्नर महाप्रसाद अधिकारीका समेत उनी नातेदार हुन्।
शेरचनले यस अघि पनि अध्यक्षको दावी गरेका थिए तर उनलाई अघिल्लो पटक व्याक गराउन उनै ज्ञानेन्द्र सक्रिय रहेका थिए ।

बिज्ञापन

यता सन्तोष अध्यक्षमा उक्लिएसँगै रिक्त हुने उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीलाई लैजाने तयारी छ भने अन्य तीन पदमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पुनः चयन भएका छन् । त्यसैगरी अन्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष