तस्कर टोलीद्धारा राजश्वका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमण

तस्करको टोलीले सीमामा खटिएका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । भन्सार छलेर ल्याएको चिनी बरामद गर्न पुगेका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमणमा परेका हुन । भन्सार छलेर ल्याइएको १ सय भन्दा बढी बोरो चिनी बरामद गर्ने पुगेको टोलीमाथि तस्करहरुले आक्रमण गरेका हुन ।

बिज्ञापन

सशस्त्र प्रहरीका अनुसार,साँझ ५ बजेको समयमा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका मुझाना गाउँमा राजस्व छलि चिनी गोदाम गरी राखिएको भन्ने बिशेष सुचानाको आधारमा खानतलासी गर्नको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राज बहादुर बिष्ट सहित ४ जना र सशस्त्र बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलबाट स प्र नि अस्मित चौहान मगरको कमाण्डमा १० जनाको संयुक्त टोलिले जिल्ला रुपन्देही साँस्कृतिक नगरपालिका २ मुझाना बस्ने बर्ष ३२ को दिलिप लोधको घरमा खानतलासी गर्न पुगेको थियो ।

बिज्ञापन

सो क्रममा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिई ६ बजे फर्कने क्रममा डेढसयभन्दा बढी स्थानीयले बाटो अबरोध गरेको प्रहरीले जनाएको छ । चिनी लुटपाट गर्ने मनसायले सुरक्षाकर्मीको सवारी साधनमा ढुंगा मुढा गरेको भन्ने खवर प्राप्त हुनसाथ तत्काल नै सशस्त्र प्रहरी बल, नेपाल नं २७ गण हेर्डक्वार्टर रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिवेक घिमिरेको संयुक्त समन्वय एवं सहकार्यमा आनन्द थापा मगर सहितको जम्मा ७० जनाको टोलि तत्कालै परिचालित गरी उक्त भिडलाई तितरबितर पारी बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा सकुशल पुऱ्याईएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

स्थानीय भिडले ढुंगा मुढा गर्दा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँया तर्फको झ्यालको दुई वटा सिसा पुर्ण रुपमा फुटी क्षति भएको र स प्र ना नि काशि प्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलमा कार्यरत स प्र ज चन्द्रमा पाण्डेको समेत दायाँ हातमा सामान्य चोट लागेकोमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार ९ बजे कार्यालय फिर्ता भएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीले आज पनि धर्ना कसे, २५ गतेदेखि कालोपट्टी बाँध्ने

आन्दोलनको तयारीप्रति पोखरेलको आक्रोश : ‘बच्चा जन्मिएपछि अप्रेसनको तयारी!’

मालपोत प्रमुख आचार्य फेरि विवादमा, भैरहवाको विमानस्थल प्रकरणपछि पनि मिलेको छैन शैली

मिनेन्द्र रिजालको आशीर्वाद:- उद्योगको ट्रेडमार्कमा गौतमको “राज”

ट्रेड युनियनकर्मीहरूद्वारा आन्दोलनको घोषणा, आज संघीय संसदको पश्चिम गेटमा धर्ना

प्रतिनिधि सभामा संघीय निजामती सेवा विद्येयक पेश हुँदै

प्रदेश सभाबाट पारित भयो स्थानीय सेवाको गठनसम्बन्धी विधेयक

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने

बिशेष