‘पूर्णबहादुरको सारंगी’को पाँच दिने कमाइ ४ करोड ८७ लाख

मंगलबारदेखि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको छेको पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि सिनेमाघरमा आएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको हो । तिहारको घरेलु बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । भारतीय चलचित्र ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ले नेपाली बक्स अफिसमा कमजोर ब्यापार गरिरहँदा यसको फाइदा विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले उठाएको छ ।

बिज्ञापन

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विजय बराल स्टारर फिल्मको ५ दिने कमाइ सार्वजनिक गरेको छ ।१५ कात्तिक, विहिबार लक्ष्मीपूजाको दिनमा प्रदर्शनमा आएको फिल्मले १९ कात्तिक, सोमबारसम्म ४ करोड ८७ लाख ग्रस (४ करोड नेट) कमाइ गरेको छ । यो कूल कमाइबाट निर्मातालाई २ करोड नेट आम्दानी हुन्छ ।

बिज्ञापन

शीर्ष अभिनेताको रूपमा विजय बरालको यो पहिलो चलचित्रसमेत हो । यस चलचित्रमा बाबुछोराको कथा छ । चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ ।
सरोज पौडेल निर्देशित यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष