मन्त्रीको कुस्तीतिर मन

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज शुक्रबार विराट कुस्ती दंगल मेलाको उद्द्घाटन गरेका छन्।

बिज्ञापन

उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै आएकाले एउटा संस्कृति सरहको यस प्रतियोगितालाई संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताएका थिए ।

बिज्ञापन

मन्त्री गुप्ताले कुस्ती खेल हाम्रो पहिचान भएकोले यसको संरक्षण गर्न सरकारको दायित्व भएको बताए । उहाँले कुस्ती खेललाई संरक्षण गर्न गाँउ गाँउमा यस्ता प्रतियोगिताहरु संचालन गर्नुपर्ने धारणा राखे ।

कुस्ती खेलाडीको लडाईबाट सुरु भएको उद्घाटन कार्यक्रमलाई मन्त्री गुप्ताले रेबनको फिता काटी कुस्ती खेलाडी जोडी मिलाई औपचारिकता दिएका थिए।

बिज्ञापन

मन्त्री गुप्ताले यस्ता मेलाहरुमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री गुप्ताले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘अर्थतन्त्रमा नीजि क्षेत्रका योगदान महत्वपूर्ण छ। निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना गरेको हो’, उनले भने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष