अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

काठमाडौं । रूड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा सफल शुरुवात गरेका छन् । प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि दुई दिनअघि मात्र भान निस्टलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।चुनौतीपूर्ण अवस्थामा क्लब सम्हाले पनि कारबाओ कपमा म्यानचेस्टर युनाइटडेले लेस्टर सिटीमाथि ५–२ को फराकिलो जीत दिलाउँन सफल भए । जितसँगै युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिज्ञापन

विहीबार विहान सकिएको खेलमा युनाइटेडले सुरुदेखि नै दबाब बनाएको थियो । पहिलो गोल ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले १५ औं मिनेटमा ३० यार्ड दूरीबाट सानदार शट प्रहार गर्दै गरेका थिए ।अलजाहेन्द्रो गार्नाचोले २८ औं मिनेटमा गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । ३३ औं मिनेटमा बिलाल एल अन्नोसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए ।तर, ३६ औं मिनेटमा ब्रुनो फर्नान्डेस र ३९ औं मिनेटमा कासमिरोले गोल गरेपछि युनाइटेड ४–१ ले अघि बढेको थियो । पहिलो हाफको अतिरिक्त समयमा लेस्टरका कोडीले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए ।

बिज्ञापन

दोस्रो हाफमा युनाइटेडले थप १ गोल गरेपछि ५–२ को नतिजा निस्कियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल ५९ औं मिनेटमा गरेका थिए ।पुराना प्रशिक्षक सर एलेक्स फर्गुसन पनि दर्शकदीर्घामा रहेका थिए, र युनाइटेडका उच्च अधिकारीहरू एरिक टेन हागको स्थायी विकल्पको खोजीमा रहेका छन् । यो जितले टिमलाई थप हौसला दिएको प्रशिक्षक भान निस्टलरोयले बताएका छन् ।यदि यो खेलमा भीएआर प्रणाली भएको भए, युनाइटेडको दोस्रो गोल सम्भवतः मान्य हुँदैन थियो । डियोगो डालोट अफसाइड स्थितिमा रहेको देखिएको थियो । लेस्टरका प्रशिक्षक स्टीव कुपरले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

कारबाओ कपमा भीएआर प्रणाली सेमिफाइनल र फाइनलमा मात्र प्रयोग गरिने हुँदा डालोटले खेल जारी राखे । लेस्टरले गत साता घरेलु मैदानमा नोटिङघम फरेस्टसँग पराजित भएपछि यो खेलमा नौ परिवर्तन गर्दै मैदानमा उत्रिएको थियो । प्रशिक्षक कुपरले भने उनको मुख्य प्राथमिकता प्रिमियर लिगमा टिमलाई सुरक्षित राख्नु रहेको बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

बिशेष