सिंचाई आयोजनामा २६ लाख भ्रष्टाचार, इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले सिँचाई आयोजनाका इन्जिनियर कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, महेश सिंह कठायत, वडा नम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो।

बिज्ञापन

तत्कालीन कार्यालय प्रमुख इन्जिनियर पाण्डे,जिल्ला प्राविधिक कार्यालय मुगु सामुदायिक सिंचाई आयोजनाका इन्जिनियर कठायत,साविकको कालै गाउँविकास समितिमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिंचाई आयोजनामा खटिएका सर्जनबहादुर शाहीले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकाले सोही दफाको १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए।

आयोगले साविकको कालै गाउँपालिका-४ हाल सोरु गाउँपालिका-९ स्थित तन्दवाडा-छड सिंचाई आयोजनामा आयोजनाको अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाइ इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट कम प्रयोग गरी गुणस्तरहीन काम गरी २६ लाख ८२ हजार १४ रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष