‘स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना

काठमाडौं । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

बिज्ञापन

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ ।

बिज्ञापन


सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीन लाख रुपैंयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।
विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ ।

बिभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो ।कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

बिज्ञापन

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सो संगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तिब्रता दिएको विभागनले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष