‘स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना

काठमाडौं । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

बिज्ञापन

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ ।

बिज्ञापन


सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीन लाख रुपैंयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।
विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ ।

बिभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो ।कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

बिज्ञापन

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सो संगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तिब्रता दिएको विभागनले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष