भन्सार र सीमाबाट हुने अबैद्य कारोवार रोक्न व्यवसायीको माग

ऋषि भट्टराई
रुपन्देहीमा क्रियाशिल चार व्यवसायीक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राजश्व संकलन तथा व्यवसायीक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न कडाइका साथ लाग्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।
रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले विहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउदै कडाईसाथ भन्सार नियमन नगरिदा तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले सरकारको राजश्व संकलनमा असर पर्नुका साथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसाय समेत कमजोर भएको बताएका छ्न ।

बिज्ञापन

ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउदै ज्ञापनपत्रमा सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिदै आएको बर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ । सो अवसरमा व्यवसायिले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली वजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैद्य कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने जनाए ।

बिज्ञापन

उनले अबैद्य कारोवार रोक्न र भन्सार नियमन गर्न व्यवसायीक संस्थाहरुले सधै साथ दिने बताएका छन् ।बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैतिहार जस्ता प्रमुख चाडहरुमा नेपाली वजार सुनसान हुने भारतिय वजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जानु पर्ने बताए ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रवन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अबैद्य धन्दालाई निरुत्साहित गर्ने कुरामा आफु जिम्मेवार बन्नेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अबैद्य कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्ताप्रति आफु सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफु गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष