एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत,सर्वाेच्चले माग्यो लिखित जबाफ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत(हाकिम) लाई जिम्मेवारी दिएको छ । गत वैशाख २० गतेमात्र वारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई खटाइएकोमा सोही ठाउँमा २७ भदौंको मन्त्रिस्तरीय निर्णयबाट त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै लफडा निस्किएको छ ।उनको सरुवाको बिषयलाई लिएर अदालतमा मुद्धा विचराधिन रहेकै अवस्थामा अर्काे हाकिमलाइए खटाइएपछि लफडा झनै चर्किएको हो ।

बिज्ञापन

माओवादीबाट निर्वाचित मेयर राजन पौडेल रहेको उक्त पालिकामा बहुसंख्यक जनप्रतिनिधि एमालेका छन् । प्रमुख प्रशासकीय अधिकृत मेयरप्रति उत्तरदायी भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र उनका सचिवालयका कान भरेपछि मन्त्री र सचिवालयको मिलेमतोमा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई साउनमै फिर्ता बोलायो मन्त्रालयले ।

बिज्ञापन

आफैंले बनाएको मापदण्ड कुल्चिएर तीन महिनामै प्रमुख प्रशासकीय अधिकृत फिर्ता बोलाएसँगै न्याय खोज्दै मधेश प्रदेशको एक मात्र महिला प्रमुख प्रशासकीय अधिकृत अदालतको ढोका ढकढकाउन पुगिन । मन्त्रालयले २०८१ साल साउन ३ गते काफ्लेको सरुवा गर्दा सरुवा नियम कानुन बिपरित भएको भन्दै सर्वोच्च अदालत पुगेकी थिईन् ।साउन ९ गते सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मकोलागि प्रमुख प्रशासकिय अधिकृत काफ्लेको सरुवा कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको थियो ।

अदालतले काफ्लेलाई कामकाज गराउन सरकारका नाममा अल्पकालिन आदेश जारी गरेसँगै सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा काफ्ले नै कार्यरत छिन् । यो मुद्धाको ६ असोजमा पेसी तोकिएकोमा सुनुवाई हुन सकेको छैन । यता, यही बीचमा काफ्लेको अमेरिका भ्रमणसमेत संघीय मामिला मन्त्री गुप्ताले रद्ध गरिदिएको अवस्था छ ।

बिज्ञापन

यही बीचमा गत असोज ४ मा सहसचिवहरुको सरुवा हुँदा वीरेन्द्रदेव भारतीलाई जीतपुर सीमरामा खटाइएको छ । सो प्रकरणमा अदालतको अवहेलना भएको भन्दै अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग जवाफ मागेको छ । असोज ६ गते सवोच्च अदालतले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले वादी रहेको मुद्धामा अदालतको अवहेलना भएको भन्दै लिखित जवाफ माग गरेको हो ।

मन्त्रीपरिषद्को भदौ २७ गते बसेको बैठकले अतिरिक्त समूहमा रहेका बिरेन्द्र देव भारतीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा पठाएको छ । प्रमुख प्रशासकिय अधिकृत काफ्लेले असोज ४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सह सचिव भारतीलाई लाई बिपक्षी बनाई मुद्धा दर्ता गरेकी थिइन । सोही प्रकरणमा अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जबाफ माग गरेको हो ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले एक पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवाको बिषयमा अदालतमा मुद्धा बिचारधिन रहेको र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सह सचिव भारतीलाई बिपक्षी बनाई दर्ता भएको मुद्धामा अदालतले लिखित जवाफ माग गरेको अवस्थामा सह सचिव भारतीलाई अदालतको अवहेलना हुने गरी जीतपुरसिमरा उपमहानगरपालिकामा हाजीर नहुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष