बार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएर हाकिमहरु उडे बेलायततिर

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेर आयोगका अध्यक्ष,सदस्यसहितका हाकिमहरुको टोली विदेशतिर उडेका छन् ।
आयोगले शुक्रवारमात्र राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/ ८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका थिए ।

बिज्ञापन

उक्त प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात हिजो शनिवार साँझ लोकसेवा आयोगको जम्बो टोली विदेश उडेका हुन ।बेलायततिर उडेको उक्त टोलीको नेतृत्व आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले गरेका छन् । टोलीमा आयोगका सदस्यका अलवा केही विभागका प्रमुख सहभागी रहेका छन् । उनीहरु कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ साढे ६ बजे दोहा हुँदै लण्डन तर्फ उडेका हुन ।

बिज्ञापन

असोज १४ गतेसम्म बेलायती संस्थाले आयोजना गरेको लोक सेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी तालिममा भाग लिन अध्यक्ष रेग्मी नेतृत्वको टोलीमा सदस्यहरु माधव बेल्बासे, वीरबहादुर राई,दिनेश सिलवाल,मञ्जुकुमारीसहित १० सदस्यीय बेलायततर्फ उडेका हुन ।

 

बिज्ञापन

त्यसैगरी आयोगका सचिव डा खगेन्द्रप्रसाद सुवेदी,मुख्य मनोविज्ञानवेत्ता कृष्ण जि.सी, पाठ्यक्रम विशेषज्ञ डिल्लीराम शर्मा, उपसचिवहरु उमेशकुमार पोखरेल र सुशीला पौडेल ढकाल सहितको टोली दशैंको मुखमा बेलायत उडेको हो ।

उनीहरु असोज १६ गते काठमाडौं फर्कने कार्यक्रम छ । त्यसको भोलिपल्ट १७ गतेदेखि यो वर्षको दशैं शुरु हुँदै छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष