बार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएर हाकिमहरु उडे बेलायततिर

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेर आयोगका अध्यक्ष,सदस्यसहितका हाकिमहरुको टोली विदेशतिर उडेका छन् ।
आयोगले शुक्रवारमात्र राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/ ८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका थिए ।

बिज्ञापन

उक्त प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात हिजो शनिवार साँझ लोकसेवा आयोगको जम्बो टोली विदेश उडेका हुन ।बेलायततिर उडेको उक्त टोलीको नेतृत्व आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले गरेका छन् । टोलीमा आयोगका सदस्यका अलवा केही विभागका प्रमुख सहभागी रहेका छन् । उनीहरु कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ साढे ६ बजे दोहा हुँदै लण्डन तर्फ उडेका हुन ।

बिज्ञापन

असोज १४ गतेसम्म बेलायती संस्थाले आयोजना गरेको लोक सेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी तालिममा भाग लिन अध्यक्ष रेग्मी नेतृत्वको टोलीमा सदस्यहरु माधव बेल्बासे, वीरबहादुर राई,दिनेश सिलवाल,मञ्जुकुमारीसहित १० सदस्यीय बेलायततर्फ उडेका हुन ।

 

बिज्ञापन

त्यसैगरी आयोगका सचिव डा खगेन्द्रप्रसाद सुवेदी,मुख्य मनोविज्ञानवेत्ता कृष्ण जि.सी, पाठ्यक्रम विशेषज्ञ डिल्लीराम शर्मा, उपसचिवहरु उमेशकुमार पोखरेल र सुशीला पौडेल ढकाल सहितको टोली दशैंको मुखमा बेलायत उडेको हो ।

उनीहरु असोज १६ गते काठमाडौं फर्कने कार्यक्रम छ । त्यसको भोलिपल्ट १७ गतेदेखि यो वर्षको दशैं शुरु हुँदै छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष